स्वीडेनविरुद्द जर्मनको २ गोल ,,

असार १०,एजेन्सी – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा जर्मनीले स्वीडेनलाई पराजित गरि आफ्नो अग्रता लियको छ । जर्मनीले स्वीडेनलाई २–१ गोलले पराजित गरेको हो ।

जर्मनीको जितमा टोनी क्रुसले उत्कृष्ट गोल गरे । उनले डिबक्स बाहिरबाट खेलको केही सेकेन्ड बाँकी छदा गोल गरे । एकपछि अर्को आक्रमक खेल खेलेको जर्मनीले अन्तिम समयमा स्वीडेनलाई पराजित गरेको हो ।

दोस्रो हाफको सुरुमै गोल जर्मनीले गोल फर्काएको थियो । जर्मनीका लागि रेयुसले गोल गर्दै स्वीडेनविरुद्ध १–१ गोलको बराबरीमा पुर्याएका हुन् ।विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना जर्मनीको बलियो बनेको छ । जर्मनीले २ खेलमा १ खेलमा हार र एक खेलमा जित हात पार्दै ३ अंक भएको छ ।