माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने
काठमान्डौ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए।
प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बताए।
महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयनभइसकेको पनि उनले जानकारी दिए। यस्तै फरक प्रसङ्गमा माओवादीले एमसीसी यथास्थितीमा पारित गर्नेपक्षमा नरहेको पनि उनले बताए।फाईल तस्वीर