अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे कामि यस्तो अवस्थामा फेला
हुम्ला – हुम्लामा अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए ।
माईती पक्षले रमिलालाई खोसेर लेगेका थिए भने चन्द्रेलाई १५, देखि २० जनाको समूहले कुटपिट गरेर वेपत्ता पारेको थियो । रमिला भने माईती घरमा रहेको प्रहरीले जनाएको छ।
दलितले मल्ल थरकि केटि विवाह गरेको भन्दै माईती पक्षले चन्द्रेको घरमा कुटपिट गरेको थियो । त्यही दिन देखि उनी वेपत्ता थिए ।
चन्द्रे कामी फेला परेपछी अहिले उनलाई जिल्ला सदरमुकाम ल्याउन लागीएको र घटनाको थप अनुसंधान हुने डीआईजी ऐरले बताए । यस्तै केटीका बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।