surkhet

इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै इन्जिनियरिङ्ग संघर्ष समिति मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आन्दोलन

surkhet

१० असार, सुर्खेत ।
इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै इन्जिनियरिङ्ग संघर्ष समिति मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आन्दोलन थालेको छ । विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि चरणबद्धरुपमा आन्दोलनमा उत्रेका हुन् ।

Gorkha

उनिहरुको माग हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परिक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरु पूर्णरुपमा संचालन गरिनुपर्ने, र दश प्रतिशत विद्यार्थिलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्ने , लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै, इन्जिनियरिङ्ग संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने जस्ता रहेको छ । शान्तिपूर्ण ढंगबाट मागहरु प्रस्तुत गर्दा प्रशासन मौन देखिएपछि पठनपाठन नै बन्द गरेर आन्दोलन गर्न बाध्य भएका हुन ।’

भोलि सोमबार विहान १० बजे विश्वविद्यालयको केन्द्रीय प्रशासन अगाडि धर्ना कार्यक्रमको घोषणा गरिएको मध्यपश्मिाञ्चल विश्वविद्यालय स्ववियू सदस्य रोशन बस्नेतले जानकारी दिए ।

salyan