एमसिसीले सित्तैमा देको पैसा पनि लिन्न भन्छन् यार : प्रधानमन्त्री देउवा
काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको पैसा सित्तैमा आएकोले नेपालमा पास गर्नुपर्ने बताएका छन ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा सुभकामना दिन पुगेका नेपाली काङ्ग्रेसको सभापति समेत रहेका देउवाले एमसीसिको पैसा नेपालमा सित्तैमा आएको बताएका हुन ।
यस्तै एमसीसिमा कतै पनि राष्ट्रघात भनेर नलेखीएको देउवाले बताए । सित्तैमा दिएको पैसा पनि लिन्न भन्छन् यार । एमसिसीमा राष्ट्रघात भनेर कहाँनीर लेखेको छ मलाई देखाईदिन पर्यो ।
पहिले राम्रो संग पढ्नुपर्यो क्या देउवाले भने । हामिले विश्व एसियाली बैंकबाट जसरी रिन ल्याउछौ त्यहाँ अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ। एमसीसि पनि त्यस्तै हो ।
म पनि नेपालको प्रधानमन्त्री हु , कतै त्यस्तो राष्ट्रघात काम किन गरौंला ।हाम्रो प्रचण्डजि संग पनि छलफल चलिरहेको छ ।एमसीसि पास गर्नुपर्छ उनले भने ।फाईल तस्वीर ।