सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने मेला महोत्सव गर्न नपाईने
काठमाडौं- अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाईने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो।
त्यस्तै राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।
यस्तै आजकाे बैठकले सार्वजनिक ठाउँहरूमा (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य कोरोना खोप लगाएको कार्ड हेर्न सिफारिस गरेको छ । त्यस्तै आजको बैठकले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।