surkhet

७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटना लेन्देनमा मिलाउने जनप्रतिनिधि पक्राउ

surkhet

कैलाली – कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले मिलापत्र गराएको पाईएपछी प्रहरीले पक्राउ गरेको छ । सो घटनामा मुछिएका वडा सदस्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका-४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो ।

Dailekh
Gorkha

उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराएका थिए ।अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको पाइएको छ ।

तर सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् । ‘उनका छोराले आमामाथि बलात्कार भएको थाहा पाएकै दिन प्रहरीमा मुद्दा दर्ता गर्न खोजे पनि जनप्रतिनिधिलगायतका स्थानीयले झुुक्काएर मिलापत्र गरिदिएको बयान प्रहरीलाई दिएका छन्,।

पक्राउ परेका जनप्रतिनिधि सहितका व्याक्तीहरुमा अनुसंधान चलिरहेको प्रहरीले जनाएको छ।

 

 

salyan