श्रीमतीको हत्या गरि आगो लगाएर भागेका श्रीमान् ७ बर्ष पछि पक्राउ

काठमान्डौ – कपिलवस्तुमा श्रीमतीको हत्या गरि आगो लगाएर भागेका श्रीमान् ७ बर्ष पछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई सात बर्षपछि पक्राउ गरि मंगलबार सार्वजानिक गरेको हो।
कपिलवस्तु कृष्णनगर नगरपालिका ६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या गरेर उनले आगो लगाएका थिए। २०७१ फागुन ३० गते मुलायम किसलावतीलाई लिएर श्रीनगरस्थित ससुराली आएका थिए।

सोहि दिन बेलुकी खाना खाएर उनीहरू त्यही सुतेका थिए। मृतक किसलावतीका बुवा ४९ वर्षीय सुखराम भने गोठमा सुत्न गएका थिए। मौका छोपी मुलायमले आफ्नी श्रीमती किसलावतीलाई गाउँको दक्षिण-पश्चिममा रहेको खेतमा लगेर हत्या गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
हत्या पछि उनले आगो लगाएर भागेका थिए। प्रहरीका अनुसार शव घरबाट अन्दाजी तिन सय मिटर टाढा रहेको खेतमा काटिएको र जलाइएको अवस्थामा फेला परेको थियो।

शवको खुट्टा भने दुई दिनपछिमात्रै कुकुरले लगिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। मुलायम चमार घटनापछि भारतमा आफ्नी बहिनीको घरमा लुकेर बसेको थिए। प्रहरीले जानकारी पाएपछि उनि त्याँहाबाट भागेका थिए।
मुलायमको परस्त्रीसँग सम्बन्ध भएको र दुई वर्षकी छोरी समेत भइसकेको हुँदा आफ्नी छोरी किसलावतीको हत्या गरेको बुवा सुखरामले प्रहरीलाई बताएका छन्।
गोप्य सूचनाको आधारमा प्रहरीले सिकन्दर चमारलाई मंगलबार राति साढे १० बजे यशोधरा गाउँपालिका-६ रंगपुरस्थित नेपाल भारत दशगजा सिमानामा पक्राउ गरेको हो। पक्राउ गरिएका चमारलाई कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।
रंग दर्पणको भिडियो रिपोर्ट हेर्नुहोस,,
