मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालो मोसो दले

काठमाडौं- काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्वको पार्टीको भातृसंस्था अनेरास्वविूका विद्यार्थीहरुले सिंहदरबारको ढोकामै कालोमोसो दलेका छन्।

शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्। अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गरिरहेका छन्।

काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोधमा विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत छन्। शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो। विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता नरेन्द्र विकले शर्मामाथि कालोमोसो दलेको पुष्टि गरे ।