नेपाली टोलि सहयोग सामग्री लिएर अफगानिस्तान जाँदै

काठमान्डौ – नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।

यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा. नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनको भनाई छ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि त्याहा ठूलो मानवीय संगठन देखिएको समाचारहरु बाहिरिएका छन।