surkhet

देशभर थप ४ हजार ६३६ जना कोरोना संक्रमित थपिए ४ जनाको मृत्यु

surkhet

काठमान्डौ – गत २४ घन्टालाई हेर्दा देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

Gorkha

यस्तै मन्त्रालयका अनुसार आज थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् भने गत २४ घन्टामा ४ जनाको कोरोनाबाट मृत्युु भएको छ।

Dailekh

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ। । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

salyan