आमा बनिन अभिनेत्री प्रियंका चोपडा

काठमान्डौ – बलिउड हुँदै हलिउडमा समेत आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् । अभिनेत्री प्रियंका आफैले सरोगेसीमार्फत् आमा बनेकी जानकारी गराएकी हुन् ।

अभिनेत्री प्रियंकाले भनेकी छन्, ‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ ।

हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनीयता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं । किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं । सबैलाई धेरै धेरै धन्यवाद ।

lekbesi

प्रियंकाले छोरा कि छोरी ? भन्ने बारे कुनै पनि जानकारी दिएकी छैनन् । अभिनेत्री प्रियंकाले २०१८ मा अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता निक जोनससँग विवाह गरेकी थिइन् । प्रियंका र निकको हिन्दू र क्रिस्चियन परम्परा अनुसार विवाह भएको थियो ।