Gold

नेकपा एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण 

Naumule Migrate

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । ओली पत्नी  राधिका शाक्यलाई पनि सङ्क्रमण  पुष्टि भएको छ ।

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको पाईएको  हो।

पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु दुवै अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सङ्क्रमण  पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

Naumule Badhipahiro