कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

सुर्खेत – राष्ट्रिय सभा सदस्यका भएको निर्वाचनमा कर्णालीमा गठबन्धनका तीनै जना उमेद्वार विजय भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट , नेकपा एकीकृत समाजवादीका उदय बोहरा, कांग्रेसकी दुर्गाकुमारी गुरुङ विजयी भएका हुन्।

गुरुङले २ हजार ९ सय ७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन्। यस्तै तीन मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। पराजित भएका एमालेका गंगा थापा महतले १ हाजार ४ सय १६, पदमबहादुर माझीले १ हजार ३ सय ९८ र चुडामणि शर्माले १ हजार ४ सय १६ मतमात्र प्राप्त गरेका छन्।

निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र पालिकाका एक सय ५६ जना पदाधिकारीमध्ये एक सय ५५ जनाको मत खसेको थियो। राप्रपाका प्रदेशसभा सदस्य शोशीला शाही र कालिकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली मतदानमा सहभागी भएनन्। कर्णालीमा राष्ट्रिय सभा सदस्यको तीन पदका लागि आज बिहान ९ बजे प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भएको थियो ।