बालिका बलात्कार गरेको आरोपमा रुकुम पश्चिम् प्रदेश कमिटी सदस्य पक्राउ
असार १३

रुकुम पश्चिम् – रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएलका प्रदेश कमिटी सदस्य पक्राउ परेका छन।
पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् । उनि माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।
उनी फरार रहदै आएका थिए । उनलाई सानो भेरी गाउँपालिकाबाट पक्राउ गरिएको छ भने पिडितले बच्चा समेत जन्माएकि छिन।

