प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भुमिका उल्लेखनीय : प्रचण्ड
माघ १५,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भुमिका उल्लेखनीय रहेको बताएका छ्न।
शनिबार प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा उनले शुभकामना दिँदै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउने विश्वास व्यक्त गरेका हुन्।
उनले भनेका छन नेपाली समाजको अग्रगामी परिवर्तन र श्रमजीवी वर्गको हितमा प्रेस सेन्टरले आफुलाई उभ्याउने विश्वास व्यक्त गरेको छु।
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एशोसियट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको उपस्तिथि थियो।