Gold

गठबन्धनको बैठक जारी

Naumule Migrate

काठमाण्डाै – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपा सहभागी छन्। आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

स्थानीय तहको चुनावकाे मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न प्रधानमन्त्री देउवाले बोलाएका हुन्। स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् । आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले ठोस निचोड निकाल्ने नेताहरुको बुझाइ छ ।

Naumule Badhipahiro