देउवा प्रचण्डको फोनवार्ता एमसीसी सम्झौता पत्र बाहिरीकोमा आपत्ती

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपामाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोनवार्ता गरेका छन।अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक भएपछि देउवा प्रचण्डको फोनवार्ता भएको छ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसंग टेलिफोनमा कुराकानी गरेको बुझीएको छ।

नेताहरुका अनुसार नेताद्धय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको र एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए ।प्रचण्डले अहिलेनै पत्र सार्वजनिक गर्नुपर्ने के थियो भन्दै प्रश्न गरेपछी देउवाले आफू ले पत्र सार्वजनिक नगरेको जावाफ दिएको श्रोतको भनाइ छ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए ।

सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।