स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको बैठकमा उपस्तिथित एक मन्त्रीले बताए।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।