प्रधानमन्त्री र प्रचण्डबिच वाद विवाद

माघ २४,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वादविवाद भएको छ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक भएपछि देउवा प्रचण्डको भना भन भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिदै आईरहेका छन। उनले जसरी पनि एमसीसी संसदबाट पास गर्नुपर्ने बताउदै आईरहेका छन ।

तर यो कुरा प्रचण्डले अस्विकार गरेपछी देउवाले गठबन्धननै तोड्न सक्ने संभावना देखीएको छ । प्रचण्डले भने जन्ता र देशको हित विपरीत कुनै काम नगर्ने बताएका छन।

एमसीसी पास गर्ने दबाब दिए आफू सरकारबाटनै बाहिरिने प्रचण्डले बताएका छन।

प्रचण्डले अहिलेनै पत्र सार्वजनिक गर्नुपर्ने के थियो भन्दै प्रश्न गरेपछी देउवाले आफू ले पत्र सार्वजनिक नगरेको जावाफ दिएको श्रोतको भनाइ छ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए ।

सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।