प्य्राङ्कको नाममा सर्वसाधरणलाई सताउने व्याक्ती पक्राउ

काठमाडौं – प्य्राङ्को नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा विर्तामोड नगरपालिका-४ आदर्शटोल घर भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेढाईंलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।