एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमान्डौ – अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दैछ । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भईरहेकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
बुधबार संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी भएपनि लहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोड्ने चेतावनी दिईसकेको छ ।
माओवादी केन्द्रले हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो । यस्तै नेकपा एकीकृत सामाजवादी पार्टी पनि एमसीसीकोविरुद्द उत्रीएको छ। त्यसैगरी राप्रपा कमल थापाको प्यानल पनि एमसीसीको विरुद्द आवाज उठाउँदै आएको छ। जनमोर्चाले पनि एमसीसी कुनै हालतमा अपास गर्न नहुने बताएको छ।
जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन छन् भने संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसी नेपालमा पास गर्नुपर्ने बताउँदै आईरहेका छन्।