सुर्खेतको सिमतामा पक्की कुलो उद्घाघाटन र ६१ घर परिवारलाई माओवादी केन्द्रमा प्रवेश बिष्टको एकसाथ्

फागुन १५ ,सुर्खेत -नेकपा (माओबादी केन्द्र ) कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले सुर्खेतको दुर्गम बस्ति सिम्ताको खानीखोलामा पक्की सिचाइ कुलो निर्माण उद्घाघाटन गरेका छन्। उनले हिजो एक कार्यक्रमकाबिच सिम्ता ९ खानिखोलामा रहेको हिमेनेघारी लामिमेला बिच्छिगाँउमा च्यारकुले पक्की सिचाइ कुलो निर्माण उद्घाघाटन गरेका हुन्।

कार्यक्रममा प्रमुख अथिती रहेका बिष्टले आर्थिक बर्ष २०७८/७९ को बार्षिक बजेटबाट कुलोकोलागि रु २४ लाख रुपया बिनियोजन गरेका थिए। यस्तै उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका गरि ६१ घरि परिवार नेकपा माओवादी केन्द्रमा प्रवेष गरेका छन्।

नवप्रवेशीहरुलाई प्रमुख सचेतक बिष्टले आफ्नो पार्टीमा स्वागत गर्दै देश र जनताको लागि अगाडी बढ्न आग्रह गरेका थिए। आगामी दिनमा देश र जनताको भविष्य बोकेको पार्टी माओवादी केन्द्रनै रहॆको हुँदा आफूहरुले पार्टी प्रवेश गरेको उनीहरुले जनाएका छन्।

आफ्नो जीवनकाल सम्म सुर्खेतलाई विकासमुख बनाउने लक्ष्य बोकेका सचेतक बिष्टले सुर्खेतका विभिन्न नगरपालिकामा विकासका लहरनै सुरु गरेका छन्। उनको कार्यलाई देखेर जनताले उच्च मुल्यांकन गर्दै पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा आउने क्रम चलिरहेको छ।

उक्त कार्यक्रममा नेकपा (माओबादी केन्द्र) सिम्ता गाउँकमिटी अध्यक्ष चित्र बहादुर हमाल, बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर सुनार,सचिव छ्त्र बहादुर मल्ल,सह सचिव टिकाराम पुन,सचिवालय सद्स्य रेसम हमाल , गुर्भाकोट नगरकमिटी सचिव युवराज शर्मा लगायत नेताकार्यकर्ता र माओवदी केन्द्र आस्थावान जनसमुदायको बाक्लो उपस्तिथिति रहेको थियो।

रंग दर्पण