मापसे गरेको भन्दै प्रहरीको कुटाईबाट सुर्खेतमा एक जनाको मृ,त्यु

सुर्खेत – मापसे गरेको भन्दै सुर्खेतमा प्रहरीको कुटाईबाट एक जनाको ज्यान गएको छ। नेपालगन्जबाट सूर्खेत आउँदै गर्दा मापसे गरेको आरोपमा सुब्बाकुना प्रहरीले निर्घात कूटेपछी कालिकोट ३ का २५ बर्षिय कृष्ण हमालको मृत्यु भएको हो।

उपचारको क्रममा उनको सुर्खेत हस्पिटलमा मृत्यु भएपछि अहिले सुर्खेतमा आन्दोलन चर्कीएको छ । अहिले विरेन्द्रनगरमा आफन्त लगायतले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनपछि एरि चोकमा प्रहरीले अश्र्युग्याँस समेत हानेको छ भने अहिले यातायात ठप्प पारिएको छ। यस्तै घटनाको छानबिन गर्न जिल्ला प्रशाशन कार्यालयले छानबिन समिति गठन गरेको छ।