चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाईते

चितवन।- चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाईते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेकाे लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा शुक्रबार बिहान ३ बजेर १० मिनेटमा पल्टिँदा ३८ जना घाइते भएका हुन् ।
प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

