संखुवासभामा बस दुर्घटना मृतकको संख्या १४ पुग्यो
फागुन २६,काठमाडौं – संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
बस दुर्घटनमा १४ जनाको मृत्युु भएको र सनखात भैइनसकेको प्रहरीले जनाएको छ। बस सडकदेखि तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
