surkhet

रुकुम पश्चिम्मको मालपोत र नापी कार्यालयको सेवा आठबिसकोट बाट हुने

surkhet

फागुन २६,रुकुम पश्चिम् – कर्णाली प्रदेश रुकुम बहुप्रतिक्षित मालपोत र नापी कार्यालयको सेवा रुकुम पश्चिमको आठबिसकोट बाट हुने भएको प्रति यसक्षेत्रका राजनितिक दल, सर्वसाधारण ,उद्योगि व्यापारी , अधिकारकर्मी र स्थानीय नागरिक लगायतले खुसी व्यक्त गरेका छन ।

धेरजसोले यस क्षेत्रवाट सेवा प्रवाह हुनु सकारात्मक र स्वागत योग्य कदम भएको वताएका छन् । फागुन २५ गते अर्थ मन्त्रालयले रुकुम पश्चिमको आठबिसकोट ,बाँकेको कोहलपुर ,महोत्तरीको गौशाला र डडेलधुराको जोगबुढामा नापी र मालपोत कार्यालय स्थापना गर्न सहमतिको निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Gorkha

मन्त्रालयले गत १८ गते मन्त्रीस्तरबाट मन्त्रीपरिषदमा पेश गर्न निर्णय भैसकेको बताएको छ । भौगोलिक रुपमा जिल्लाको सबैभन्दा ठूलो नगरपालिका आठबिसकोटमा यसअघि घरजग्गा सम्बन्धि सबैकामको लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो ।

Dailekh

अब नगरमै नापी र मालपोत कर्यालय सञ्चालनमा आउने भएपछि यहाँका नागरिकलाई सबैले खुसी व्यक्त गर्दै हर्सित भएका छन माओवादी केन्द्र आठबिसकोटका अध्यक्ष रवि केसीले भने। अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएपछि संघीयताको मर्म र जनताको सहजको लागि यो सबै गरेको उनले बताएका छन ।

आठबिसकोट बाट सेवा प्रवाह भएपछि अब जग्गा सम्वन्धि कारोबार गर्न सदरमुकाम मुसिकोट पुग्नुपर्ने वाध्यताको अन्त्य भएको यस अघि नगरपालिकाको गोतामकोट देखी सदरमुकाम पुग्न एक दिन लाग्थ्यो भने अहिले चार घन्टा मै पुगिन्छ ।जग्गा सम्बन्धि सम्पुर्ण कारोबार अब आठबिसकोको राडीजुला बाटनै हुनेछ ।

salyan