एमसिसी पास भएलगतै अमेरिकी सेनाको जहाज काठमान्डौ विमानस्थलमा अवतरण गर्यो सबै तरंगित
काठमान्डौ – आज शुक्रबार अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज काठमाडौं आएर फर्किएपछि सामाजिक संजालभरी तरंगित बनेको छ।
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थल श्रोतका अनुसार भने यो जहाज पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।विमानस्थलका एक अधिकारीले रंग दर्पनसंग भने यो जहाज पहिलो पटक आएको होइन । पहिले पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गर्थ्यो ।
आज पनि सामान छोडेर फर्कीएको हो । नेपालमा भने एमसिसी पास भएलगतै अमेरिकी सेनाको हजाज नेपालमा आउनुले सबैको मनमा प्रश्न उब्जिएको छ।