Gold

लेटाङ घटनामा मृत्यु महिला प्रहरीलाई हार्दिक अर्पण

Naumule Migrate

विराटनगर – मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ न प्रदेश प्रहरी कार्यलय ले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका हुन।

साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको छ।लेटाङ-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयका एक शिक्षकले सोही विध्यालयमा सात कक्षा पढ्ने १२ बर्षकि छात्रालाई दुव्र्यवहार गरेको भन्दै हिजो स्थानीयले शिक्षकलाई कारबाहिको माग गर्दै आन्दोलन गरेका थिए ।

आन्दोलनलाई सुरक्षा दिईरहेका थुप्रै प्रहरी र स्थानीय घाईते भएका थिए । आन्दोलनमा घाइते भएको प्रहरी जवान श्रेष्ठलाई उपचारको लागि मोरङ ७ स्तिथ कोशि अस्पतालमा लगिएपछिको उनको मृत्युु भएको हो ।

मृतकको घाटीमा छुरा घोपीएको जिल्ला प्रहरी कार्यलाई मोरङले जनाएको छ भने घटनाको अनुसंधान भैइरहेको छ। हाल सम्म ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Naumule Badhipahiro