पर्सामा १५ बर्षकि बालिका बलात्कृत
पर्सा – पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गर्ने बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा कोईरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो ।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।