करिश्मालाई झटारो: मुन्द्रेको कमेडी छोडेर ओलीको कमेडीमा सिफ्ट

काठमान्डौ – अभिनेत्री करिश्मा मानन्धर मुन्द्रेको कमेडी कल्वबाट केपि ओलीको कमेडी कल्वमा गएको दर्शकले अभिव्यक्ति दिएका छन।

गत मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले आफू लाई केपि ओलीको भाषण र उर्जा मन परेर एमालेमा जोडिन आएको बताएकि थिइन ।

त्यस लगतै दर्शक श्रोतले उनलाई मुन्द्रेको कमेडी शोबाट ओलीको कमेडी शोमा गएको प्रतिक्रिया दिने गरेका छन। फ्लिमी क्षेत्रबाट दर्शकको मन जितेकि अभिनेत्री मानन्धर बेला बेलामा पार्टी परिवर्तन गर्ने गरेको पाइन्छ ।

यो भन्दा पहिले उनी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्द थिइन। उनले केहि समय त्यस पार्टीमा सकृय भएर काम समेत गरिर तर नयाँ शक्ति पार्टी अहिले समाजवादी पार्टी भैइसकेको छ।

त्यसपछि मौन अवस्थामा रहेको अभिनेत्री करिश्मा अहिले नेकपा एमालेमा प्रवेश गरेकी छिन ।
आफू कुनै पदको लोभमा नभई जन्तालाई भिजन देखाउने नेता केपि ओलीको उर्जा देखेर एमालेमा प्रवेश गरेको बताउँदै गर्दा दर्शकले उनलाई केपि ओलीको कमेडी शो मा गएको बताएका हुन।

नेकपा एमालेका अध्यक्ष केपि ओलीले काम गर्ने भन्दा पनि उखान टुक्का सुनाउने गर्ने गरेका छन। जनहित विपरीत कार्य गर्ने केपि ओलीलाई अहिले आफ्नै पार्टीले विश्वास नगर्दा बालुवाटारबाट बालकोट पुर्याईदीएका छन।