surkhet

रोल्पा पुगेर प्रचण्डले भने तपाईंहरुकै बलमा सिंहदरबारमा लडिरहेको छु

surkhet

रोल्पा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्दको उद्गमस्थल रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् । सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्ती बताएका हुन्।

प्रचण्डले भने तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने ह। अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् । लडाइँ अहिलेपनि उस्तै छ ,फरक यति हो अहिले बिनाहतियारको लडाइँ लडिरहेका छौ। हामीलाई घेरा हालेर सखाप पार्न खोजिरहेका छन्। हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।

Gorkha

यस्तै प्रचण्डले आफूले सोचेभन्दा तीव्र गतिमा रोल्पामा विकास भएको पाएको समेत बताए । ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको । मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ । स्वाथ्य सबैतिर पुगेको छ । शिक्षामा सुधार हुँदैछ उनले भने।

Dailekh

प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । ‘रोल्पा जिल्ला क्रान्तिकारी परिर्वतनका लागि मात्रै प्रतिवद्ध होइन, शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगादन गर्न सक्छ भन्ने लाग्छ’ उनले भने ।

रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । रोल्पालिले योगदान नगरेको भए यो देशमा न संघीय लोकतान्त्रिक गणतन्त्र आउने थियो न सबैले राज्यमा राज्यमा प्रतिनिधित्व पाउने सम्भावना थियो उनले भने।

 

salyan