अझै हटेन पेट्रोल पम्पहरूमा सर्वसाधारणको लाईन

काठमाडौं – पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएपनि पेट्रोल पम्पहरूमा सर्वसाधारणको लाइन भने कम भएको छैन ।

विभिन्न माग राखेर पेट्रोलियम व्यवसायीले आन्दोलन कार्यक्रम घोषणा गरेका थिए । अधिकांश व्यवसायीले पेट्रोलियम पदार्थको बिक्री वितरण राेकेका थिए ।
पेट्रोलियम व्यवसायी शनिबार साँझ आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।तर, आइतबार पनि विभिन्न पेट्रोल पम्पहरूको अगाडि लाइन देखिन्थ्यो ।
