रुकुम चौरजाहारी नगरपालिमा कृषि सहकारीले वितरण गरेको आलुको बिउ नउम्रेपछि किसान मारमा

चैत २३ रुकुम पश्चिम – रुकुमको चौरजाहारी नगरपालिका वडा नम्बर १२३ का किसानले लगाएको आलु सबै तुओस नामकको किराले खाएपछि किसान मारमा परेका छन ।

कृषि सहकारीबाट प्रति घर ५० किलोको दरले चौरजाहारी नगरपालिकाले किसानलाई आलुको बिउ अनुदानमा वितरण गरेको थियो। लगाएको बिउ समेत उबजनी नभएको वडा नम्बर ३ का किसान बताउछन् ।

आलुको बोट नफलदै सुकेको र आलुमा तुओस नामकको किराले आलु नस्ट बनाएको किसानहरु बताउँछन् ।आलुमा यस्तो समस्य आएपछि चौरजाहारीमा तरकारीको अभाव भएको छ र आलुको अभाव संगै आलुको मुल्य प्रति किलो ५० मा बेचबिखन भइ रहेको पाईएको छ।

lekbesi