जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको आमा सरिमायाले दिईन माओवादी केन्द्रबाट उमेद्वारी
गोरखा – जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको आमा सरिमाया रम्तेल नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट वडा न ८ पन्द्रुङ जराङबाट वडा सदस्य उम्मेदवार उठ्नुभयको छ।
वडा न ८ पन्द्रुङ जराङबाट धन बहादुर शुर्खेती सहित वडा अध्यक्ष उम्मेदवार नर बहादुर बराम कार्यपालिका सदस्य हरि बिक सहितको टोलि अहिले छलफलमा जुटेको छ।
शहीद दिलबहादुर रम्तेलको आमा सहित उमेद्वार टिमलाई लाई गोलाकार भित्रको हँसिया हथौडा मतदान गरी प्रचण्ड बहुमतले जिताउन अहिले सम्पूर्ण वडाबासिहरु लागिपरेका छन्।
तत्कालिन माओवादीले सुरु गरेको सशत्र जनयुद्दमा २०५२ साल फाल्गुन १४ गते दिलबहादुर रम्तेलको साहदत भएको थियो ।
उनि त्यो बेला उनि ११ वर्षका थिए ।स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन खोज्दा प्रहरीले रम्तेलको हत्या गरेको थियो । तस्विर धिरज उपरकोटी