राजीनामा दिएर पनि सरकारी सेवासुविधा लिदै अमृता सिंह नौमुले दैलेख

बैशाख १८

दैलेख – ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार हुन नौमुले गाउँपालिका उपाध्यक्ष अमृता सिंह पदबाट राजीनामा दिए पनि सरकारी सेवा सुविधा लिदै आएकि छिन ।

नन्दाराम प्याकुरेल ( थाले बाजे) को माथिल्लो तला गाउँपालिका ले प्रयोग गर्ने गरि भाडामा लिएको फ्लाट अमृता सिंह ले राजीनामा दिए पश्चात् पनि आफ्नै निजि निवास सरह प्रयोग गर्दै आएका छिन ।

कानुन अनुसार राजीनामा दिए पछि सबै जिम्मेवारीबाट हट्ने र कुनै पनि सेवासुविधा उपभोग गर्न नपाउने प्रावधान छ ।यस बारे सम्बन्धित निकाय बेखबर देखिन्छ।