गठबन्धन टिकाउन पर्छ भन्दा छोरी जिताउन धम्की दियो भन्छन् : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ले गठबन्धन टिकाउन पर्छ भन्दा छोरी जिताउन धम्की दिएको आरोप लागने गरेको बताएका छन।
चितवनमा पाँच दलिय गठबन्धनले गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू ले गठबन्ढन टिकाउन र लामो समय सम्म रहने हो भने भरतपुरको मेयरमा रेनु दाहाललाई सबैले मतदान गर्नुपर्ने अन्यथा देश दुर्घटनामा जान सक्ने बताएका थिए ।
गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरत पुरको मेयरमा रेनु दाहाललाई काङ्ग्रेसले भोट नहाले देश दुर्घटनामा जाने बताएका थिए ।
नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले केन्द्र प्रदेश हुँदै स्थानीय सम्ममा गठबन्धन चुनावी तालमेल गरेपनी चितवनमा काङ्ग्रेसले रेनुलाई भोट नहाल्ने चेतावनी दिइरहेको बेला प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएका हुन।
प्रचण्डले चुनावी ताल मेल र सरकारकैलागी गठबन्धन गरेको र काङ्ग्रेसले धोका दिने हो भने देश दुर्घटनामा जाने बताएका थिए ।
तर आफ्नो छोरी रेनुलाई नजिताय देश दुर्घटनामा जान्छ भन्दै प्रचण्ड बोलेको भन्दै चौतर्फी आलोचना भईरहेको छ।
तर प्रचण्डले भने आफू ले गठबन्धन जोगाउन र धेरै बर्ष सम्म अगाडि सम्म गठबन्धन जानू पर्ने भएको भन्दै यस्तो अभिव्यक्ति दिएको बताए ।
प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारीलाई परास्त पार्न गरेको गठबन्धनमा काङ्ग्रेसले भरतपुरमा रेनु दाहाललाई मतदान गर्नु पर्ने अन्यथा् देश दुर्घटनामा जाने बताएका थिए ।
पाँच दलिय गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका पाँच दलिय नेताहरुले पनि रेनु दाहाललाई भोट दिनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता राम चन्द्र पौडेल लगायतका नेताहरुले गठबन्धन जोगाउन भएपनि भरतपुरमा रेनु दाहाललाई भोट हाल्नुपर्ने बताएका थिए । तर भरतपुरमा भने काङ्ग्रेसकै नेता कार्यकर्ताहरुले रेनुलाई भोट नहाल्ने भन्दै आक्रोसित बनेका छन।