ताप्लेजुङमा मृत युवक एमाले कार्यकर्ता भएको योगेश भट्टराईको भनाई
बैशाख २९
ताप्लेजुङ- ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका वाड नं १ खोक्लीङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिक्वाखोला गाउँपालिका,१ का २४ वर्षीय विनोद कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए। कामबाट घर जान्छु भनेर हिडेका उनि अबेर सम्म घर नपुगेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय, प्रहरी र सशस्त्र सहितको टोलीले खोजि गर्दा १२ बजे सडकभन्दा अन्दाजी ३०० मिटर तल भिरमा उनको शव फेला परेको थियो। प्रहरीले घटनालाइ हेर्दा हत्या हो वा होईन भन्ने बारे अनुसन्धान गरिरहेको छ। यता नेकपा एमालेका सचिव योगेश भट्टराईले भने मृत विनोद्द कार्की आफ्ना कार्यकर्ता भएको र हत्या गरिएको बताएका छन्।

उनले फेसबुकमा स्टाटस मार्फत २०७९ वैशाख २८ गते साँझ ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका- १ खोक्लिङमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा हाम्रो पार्टीका कार्यकर्ता विमल कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरेका छन्। निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद छ र राजनीतिक पनि रहेको आशंका छ।
नेकपा एमालेका सम्पूर्ण कमरेड तथा मतदाताहरुमा यो घटनाबाट बिचलित नभइ, अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउने अभियानमा सहभागि बन्दै बैशाख ३० गते मतदान गर्न अनुरोध गर्दछु भट्टराईले लेखेका छन् ।