कैलालीमा जन्मियो चार ओटा खुट्टा हात भयको बच्चा ,

असार १९ , कैलाली – कैलालीको टिकापुर अस्पतालमा आज सम्मकै अनौठो शिशु जन्मियको छ। टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा चार हात, चार खुट्टा रहेको र मेरुदण्ड समेत दुई वटा रहेको अनौठो शिशुको जन्म दिएकी हुन् । एस्तो बच्चा पहिलो पटक जन्मियको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बताए ।

डा. खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताए । तर,परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उनले बताए । उनले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए । शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।
