Gold

मिस नेपाल निकिता चण्डकले डेब्यु गरेको चलचित्र रानीमहलको छायांकन रोकियो ,,

Naumule Migrate

असार १९ – चलचित्र रानीमहलको कार्य विवादास्पत पछि छायांकन रोकियको छ। , सुरु देखिनै कलाकारको खोजि कार्यमा विवाद बनेको हो ।चलचित्र रानीमहल धेरै पछिको कलाकार खोजिमा पुर्व मिस निकिता चनडकलाई फाईनल गरेर सुटिङ् अगाडी बढिरहेको यो चलचित्र फेरी बिचमा स्थगीत भयको छ।

निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटा विचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो । निर्माता भुसालले २० प्रतिशत छायांकन मात्र सकिदा आफ्नो २ करोड खर्च भएको दाबी गरेका छन् । पाल्पाको रानी महलमा चलचित्रको छायांकन सकिएपछि यो विवाद उत्पन्न भएको हो ।निर्देशक हिमाल न्यौपाने आफ्नो साथी भएकाले चलचित्रमा लगानी गरेको बताउने नयाँ निर्माता भुसालले गणेश सापकोटामाथि बढी विश्वास गर्दा धोका पाएको गुनासो गरेका छन् । उनले ५० लाखको हिसाबमा ७ लाखसम्म वेरुजु देखिएको आरोपसमेत लगाएका छन् ।

आफूले पैसा दिए पनि त्यो पैसा सापकोटाले प्राविधिकहरुलाई नदिएको उनको भनाई छ । चलचित्रका निर्देशक हिमाल न्यौपाने पनि निर्माताको पक्षमा देखिएका छन् । उनले, सम्पूर्ण हिसाबको जानकारी बारम्बार लिनुपर्ने रहेछ भन्दै आफूले पाठ सिकेको बताएका छन् । बाँकी ८० प्रतिशत छायांकन इनडोर गर्ने भएकाले एक महिनामा सक्ने उनको भनाई छ ।

यता, चलचित्रका प्रोडक्शन डिजाइनर सापकोटाले भने आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले चलचित्रका प्राविधिकहरुलाई आफूले गोजीबाट पैसा दिएको भन्दै त्यो रकम निर्माताले आफूलाई नदिएको खण्डमा चलचित्रको छायांकन नै गर्न नदिने चेतावनी दिएका छन् ।

Naumule Badhipahiro