सरकारी कर्मचारीको तलब ह्वात् बढ्यो

काठमान्डौ – सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट मार्फत सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

साउन देखि सरकारी शिक्षक तथा कर्मचारीको तलब ३ हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।