सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

काठमान्डौ – सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको पाईएको छ। स्थानीयले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी दिएपछि त्यसतर्फ सेनाका खोजी टोली प्रस्थान गरेको छ।

नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा पुगेको र दुर्घटना स्थलमा अपुगना अझै ३/४ घण्टा लाग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।

आज बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको 9N -AET जहाज सम्पर्कविहीन भएको थियो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।त्यस्तै जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।