मेयर बलेन शाहलाई स्थानीयको अवरोध सिसडोलमा फोहर फाल्न नदिने
काठमाडौँ- काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहलाई सिसडोलवासीका स्थानीयले अवरोध गरेका छन्। मेयर शाह र उपमेयर सुनिया डंगोललाई आज शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोल पुगेको बेला स्थानीयले अव्वारोध गरेका हुन्।
बन्चरेडाँडाको फोहोरले गर्दा नुवाकोट र धदिङ्गवासीलाई रोग फैलाउने काम गरेको भन्दै उक्त क्षेत्रमा काठमान्डौको फोहर फाल्ननदिने भन्दै स्थानिले बताए।
महानगरले पटक पटक फोहोर फाल्ने स्थान छनोट गर्ने नभनेपनि चालीसौ बर्षबाट बन्चरेडाँडाको सिसडोलमा लगेर फोहोर फाल्ने गरेपछि स्थानीय आक्रोसित बनेका हुन्। उक्त क्षेत्रमा फालेको फोहरले स्थानीय क्यान्सर पिडित भएको भन्दै स्थानीयले अब फोहरा फाल्न नदिने बताएका हुन्।
यस्तै मेयर बलेन शाहले आफू भर्खर मात्र मेयर बनेको चार दिन भएको र काठमान्डौको फोहोर व्यवस्थापन मुख्य भएको भन्दै आज सिसडोल पुगेका थिए। शाहले सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।
एक हप्ताभित्र गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ गर्ने र मल र ग्यास बानुने स्थानीयलाई आस्वासन दिएका छन्। स्थानीयको अवरोधपछि शाहले भनेका छन् , म कुनै पार्टीको मान्छे होइन पहिले कसले के भन्यो मलाई थाहा भएन मलाई काम गर्नादिनुस ,म मेयर बनेको जम्मा चार दिन भो मैले जानेको मा गर्ने छु विज्ञसंग छलफल गर्दैछु। केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्छु शाहले भने।