Gold

नयाँ बन्ने मन्त्रीलाई अध्यक्ष नेपालको निर्देशन : पार्टीको प्रतिष्ठा उच्च राखेर काम गर्नु

जेठ २२

Naumule Migrate

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको पार्टीको प्रतिष्ठा उच्च राखेर काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए । अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु फेरबदल गर्ने कुरा पुरानै भएको र यो समय सान्दर्भिक रहेको बताए ।अध्यक्ष नेपालले भोलि मन्त्रीको सपथ खान लागेका नेताहरुलाई पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीहरुको नाम बुझायको छन्। नयाँ मन्त्री हरुमा सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो। समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो।

Naumule Badhipahiro