surkhet

मृतक गायिकाका श्रीमानविरुद्ध सुनारका बाबुले दिए जाहेरी अनुसंधान सुरु

surkhet

साउन १३ ,काठमान्डौ – मृतक गायिका दिलमाया विश्वकर्माको बुवा केशर कामीले प्रतिबादी सुर्य भन्ने खिल बहादुर श्रेष्ठ विरुद्ध प्रहरी बृत बालाजुमा जाहेरी दर्खास्त दिएका छन।

सुर्य श्रेष्ठ मृतक दिलमाया सुनारका पति हुन । उनले दिलमायालाई पटक पटक यातना दिने गरेको खुलेको छ।
लामोसमयदेखि दिलमायालाई यातना र टचर दिने गरेको मृतक सुनारले भिडियोमा समेत खुलाउदै आईरहेकी छिन।

गत शनिबार गायिका दिलमाया सुनार आफ्न कोठामा मृत अवस्थामा फेला परेकी थिइन । उनको अवस्था हेर्दा हत्याको आशन्का रहेको प्रहरीले जनाएको छ।

Dailekh
Gorkha

दिलमाया सुनार मृत फेला परेको दिन पनि उनका श्रीमान् श्रेष्ठ कोठामा आएको खुलेको छ। प्रत्यक्ष दर्शीका अनुसार श्रेष्ठ राति १२ बजे सम्म दिलमायाको कोठामा रहेका थिए ।

उनको घाटीमा भने निलडान र खुट्टामा चोट देखीएको प्रहरी अनुसंधानले देखाएको छ ।
मृतक दिलमाया सुनारले नेपालका चर्चित गायक गाऐकासंग गीत गाउने गतेकी छिन।

उनको मृत्युु पश्चात् लोक तथा दोहोरी गीत प्रतिस्ठानका अध्यक्ष रमेश बिजिले स्टाटस राख्दै मृत्युको सत्य तथ्य जांच गर्न आग्रह गरेका थिए । यस्तै सम्पुर्ण कलाकारहरुले सुनारको मृत्युुमा दु:ख व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन।

salyan