कैलालीमा कम्प्युटर अपरेटरलाई हातखुट्टा बाँधेर लुटपाट गर्ने भारतीय पक्राउ

काठमान्डौ – कैलालीमा लिफ्ट मागेर लुटपाट गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियानाका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जात छन्।

गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

सोमबार डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका थिए। भिरमा हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनी फेला परेका थिए।

lekbesi

उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिँदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए। स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए।

दिउँसो १ बजे प्रहरीले घटनाबारे थाहा पाएपछि प्रहरीले गाडी लुटेर भागेका व्यक्तिहरूको खोजी सुरू गरेको थियो।कैलालीको गोदावरी नगरपालिका-१ स्थित ऐश्वरी सामुदायिक वनमा ४ बजेतिर कम्प्युटर अपरेटर भण्डारीको गाडी भेटिएको थियो।

त्यहाँ गाडी भेटिएपछि प्रहरी त्यस जंगलतर्फ केन्द्रित भएको थियो। स्थानीय समेतको सहयोग लिएर प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको थियो।

प्रहरीका अनुसार उनीहरू जंगलमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ।