आफ्नो केटिलाई आँखा लगाएको भन्दै साथीलाई छुरा हान्ने व्याक्ती पक्राउ
काठमान्डौ – आफ्नो केटिलाई आँखा लगाएको भन्दै साथिलाई छुरा प्रहार गर्ने व्याक्तीलाई प्रहरीले पक्राउ गरेको छ।
गत २५ गते राती काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीमाथली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठमाथी छुरा प्रहार भएको थियो ।
छुरा प्रहार गर्ने सिन्धुपाल्चोकको लिसंखुपाखर ८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार दुई जनाले सँगै मदिरा सेवन गरेको र विवादपछि दीपेशले डेराबाट छुरा ल्याएर हानेको अनुसन्धानबाट खुलेको छ ।
छुरा प्रहारबाट राजनको पेटमा चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।