आफ्नै श्रीमतीको फेक आईडी बनाएर चरित्र हत्या गर्ने व्याक्ति पक्राउ

काठमान्डौ – आफ्नै श्रीमतीको फेक आईडी बनाएर चरित्र हत्या गर्ने श्रीमानलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ।

रुपन्देही सैनामैना नगरपालिका ४ मुर्गियाका ३६ वर्षीय जीवन दमाईले आफ्नै श्रीमतीको फेक फेसबुक एकाउन्ट खोलेर फोटो दुरुपयोग गरी अश्लील क्याप्सन राखेर चरित्र ह्त्या गरेको अभियोगमा साइबर ब्यूरोले पक्राउ गरेको हो।उनकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा छिन्।

उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमतिले पक्राउ गरी अदालतबाट असार २४ गते चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ:

,
त्यस्तै साईबर ब्यूरोले चार जना नाबालिकाको तस्बिर प्रयोग गरेर फेक फेसबुक एकान्ट बनाउने र अश्लील शब्द लेख्ने व्याक्तीलाई नियन्त्रणमामा लिएको छ।

सिन्धुली घ्याङलेख ३ घर भई कीर्तिपुर ६ टौदह बस्ने ३१ वर्षीय विकाश भन्ने राजेश विकलाई ब्यूरोले नियन्त्रणमा लिएको हो।
उनले फेक एकाउन्ट बनाएर नाबालिकाको आफन्त तथा साथीभाईलाई अश्लील शब्द पठाउने र सार्वजनिक रुपमा चरित्र हत्या गरेको खुलेको ब्यूरोले जनाएको छ।

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट  पाँच दिन म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको एसएसपी अर्यालले बताए।