२५ बर्षपछि आफ्नै घरमा बस्न पाए रुकुमका लालबहादुर

असार ३०

रुकुम पश्चिम् – चौरजहारी नगरपालिका वडा नम्बर ३ निवासी ५४ बर्षका सुकुम्बासी लालबहादुर कामी करिब २५ बर्षपछि आफ्नो घरमा बस्न पाएका छन। उनी हाल सम्म अर्काको घरमा बस्दै आएका थिए ।

लालबहादुर कामीको आफ्नो घर जग्गा नभएर अर्काको घरमा बस्दै आएका उनी मजदुरि गरेर जिविका चलाउदै आएका थिए ।

अहिले चौरजहारी नगरपालिकाले उनलाई तीन कोठाको पक्की घर बनाईदिए उनी निकै खुसी भएका छन।
चौरजहारी नगरपालिकाले तीन कोठाको पक्की घर बनाइदिएपछी उनले माओवादी केन्द्रका पुर्व नगरप्रमुख बिशाल शर्मा का तत्कालीन जननिर्वाचित नगर प्रमुख पुष्प वादीलाई हार्दिक धन्यवाद दिएका छन।

आफुजस्तो सुकुम्बासीलाई घर बनाईदिन पहल गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकी लाई विशेष धन्यवाद दिदै आफ्नो घर बनाउन सहयोग गर्ने माओवादी केन्द्रका सबै नेता कार्यकर्ता आफ्नो गाउँ समाज सबै लाई सधैं आफ्नो अस्तित्वमा सजाउने समेत लालबहादुर बताउँछ ।

आफुजस्तो सुकुम्बासी लाई माओवादी केन्द्रले घर बनाईदिएपछी माओवादी पाटि नै आफ्नो भगवान भएको लालबहादुर कामी का सबै परिवार बताउछन् ।

अहिले सम्म अर्काको घरमा बस्दै गर्दा धेरै दुख पिडाले सताएको अर्काको घरमा बस्ने घर बास समेत नभएको जस्ता कुरा समाजले आफुलाई सुनाउदै आएको समेत ऊनले बताए ।

उनी शारीरिक अपांग समेत रहेका छन। उनले अर्काको कुटो कोदालो हसिया जस्तै सामाग्री बनाएर ९ जना सदस्य परिवार जसोतसो गुजारा गर्दै आएका थिए । उनको घरमा ५ छोरी दुई छोरा र आफू बुडाबुडी गरि जम्मा ९ जना परिवार रहेको लालबहादुर बताउछन् ।