मैले जिते कोटेश्वरको जाम हटाउछु पूर्वसभामुख ओनसरी घर्तिमगर
काठमान्डौ – आसन्न निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसभामुख ओनसरी घर्तिमगरले आफू लाई मंसिर ४ को चुनावमा विजयी बनाए कोटेश्वरको जाम हटाउने बताएकि छिन।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी घर्तिमगरले प्रतिगमनविरुद्ध र राजनीति स्थायित्वका लागि उम्मेदवारी दिएको बताएकी हुन्।
सो क्षेत्रमा आयोजित कार्यक्रममा उनले जोरपाटी-साँखु सडक स्तरोन्नतीका लागि पहल थाल्ने, रोजगारी वृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘कोटेश्वरको ट्राफिक जाम हटाउन आवश्यक पहल कदमी लिनेछु। साँखुको ढल निकास निकाल्नेछु।
तपाईँहरुसँग ग्याप हुन दिन्न। ९८५११०२४८२ नम्बरमा फोन गर्न सक्नुहुन्छ, म्यासेज पठाउन सक्नुहुन्छ , तपाईँहरुको समस्यासँग दिनरात सँगै हुन्छु। म ,हामीलाई एक महिनाको जिम्मा लिनुस्, पाँच वर्षको जिम्मेवारी म लिन्छु।